मंगलवार, 20 दिसंबर 2016

सात गतेभित्र सहमति हुन्छ, संसदको गतिरोध पनि हट्छः मन्त्री पाण्डे

५ पुस, काठमाडौं । स्थानीय विकासमन्त्री हितराज पाण्डेले सात गतेभित्र दलहरुबीच संविधान संशोधनमा सहमति हुने र संसदको गतिरोध पनि हट्ने दाबी गरेका छन् । उनले सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने तयारी थालेको पनि बताए ।
रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा माओवादी केन्द्रका नेतासमेत रहेका मन्त्री पाण्डेले भने, ‘संसद अवरोध खुलाउनको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहल गरिरहनुभएको छ, सभामुखले पनि पहल गरिरहनुभएको छ । तीन दलको बैठकलाई विचार गर्दा पनि ७ गते विहानसम्म सहमति हुन्छ भन्ने विश्वास छ ।’
सभामुख ओनसरी घर्तीले सोमबार आह्वान गरेको शीर्ष बैठकमा दुई दिनभित्रै सहमतिमा पुग्ने सहमति भएको नेताहरुले बताएका थिए ।
मन्त्री पाण्डले भने भने, ‘सरकारले पहिले स्थानीय तहकै निर्वाचन गर्छ, स्थानीय तह पुनर्संरचना आयोगले रिपोर्ट दिनेबित्तिकै हामी निर्वाचनको तयारीमा जुट्छौं । सहमतिमा पुग्ने बित्तिकै हामी त्यसलाई अघि बढाउँछौं ।’
उनले नेकपा एमालेसहितका प्रतिपक्षी दलहरुले संसद अवरोध गरेका कारण निर्वाचनसम्बन्धी विधेयक तथा ऐनहरु पनि संसदमा टेबुल हुन नपाएको गुनासो गरे ।
साक्षात्कारमा मन्त्री पाण्डेले संविधान कार्यान्वयनको लागि पनि आगामी ०७४ माघ ७ गतेभित्रै तीन वटै निकायको निर्वाचन सम्पन्न गर्ने सरकारको तयारी रहेको बताए । उनले सरकारले सकेसम्म चैतभित्रै स्थानीय तहको निर्वाचन गर्ने लक्ष्य लिएको बताए । उनले आयोगले दिएको रिपोर्ट सरकारले बुझ्ने समेत स्पष्ट पारे ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें